Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सोमबार बजारमा तोलामा फेरि कतिले घट्यो सुनचाँदी ?

काठमाडौं, मंसिर १० ।

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तीन सयले रुपैयाँले घटेको छ ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर चाँदी प्रतितोला ७०५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: