Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नवगायक जिबि दुलालको नबोलेर पिरती बस्ला जस्तो भो सार्वजनिक

नेपालमा कला क्षेत्रमा प्रतिभाहरुको कमि छैन म्युजिक, मुभी र मोडलिङ क्षेत्रमा नाम, दाम र सम्मान कमाउने सपना बोकेर नयाँ कलाकारहरुको दिनानुदिन प्रवेश भइराखेको छ।

कलाकारहरुको संख्या जसरी बढ्दै छ, त्यस्तै निर्माण, उत्पादन, वितरण गर्ने कम्पनीहरुको संख्या पनि बढ्दै छ। ट्यालेन्ट छ र निरन्तर कोसिसमा लागिराख्ने हो भने बिश्वमा छरिएर रहेका नेपालीको बीचमा आफ्नो कलाले मन जितेर एकदिन सोचेको खोजेको सफलता हासिल गर्न सकिन्छ ।

आफूसँग लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै गायक जीवी दुलालले आफ्नो पहिलो गीत ‘नबोलेर पिरती बस्ला जस्तो भो’ सार्वजनिक गरेका छन ।

गीत–संगीत निकै रुचि राख्ने गायक दुलाल पेशाले सैनिक हुन् । काम सँगसँगै गीत संगीतमा केही गर्ने अठोटका साथ उनी अघि बढी रहेका छन् । यस गीतमा स्वर जिवी दुलालको रहेको छ भने शब्द र संगीत जिवी दुलाल, लाल कुमार बराल र डिआर सुजनको रहेको छ ।

गीतको एरेन्जमेन्ट हेमन्त शिशिरले गरेका हुन । मोडल तथा नायक यशराज गराच र रिचा थापाले अभिनय गरेको यस गीतको भिडियोमा लगानी भने बुद्धिश्री दुलाले गरेका हुन् । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको भिडियोलाई प्रदिप श्रेष्ठले करियोग्राफी गरेका हुन भने क्यामेरामा कैद भने शिव ढकालले गरेका हुन।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: