Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालमा हालसम्मकै उच्च स्थानमा केबुलकार सञ्चालन

दोलखा, मंसिर १० । दोलखाको कालिञ्चोकमा सोमबारदेखि व्यावसायिक रुपमा केबुलकार सञ्चालन भएको छ ।

दोलखाको तीन हजार आठ सय ४२ मिटर अग्लो धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिञ्चोकमा सञ्चालित केबुलकार सञ्चालनमा आएको हो ।

रोल्वालिङ र लाङटाङ हिमाल हेर्दै केवल कारमा यात्रा गर्न सकिने भएकाले कालिञ्चोकमा मानिसहरुको चाप बढेको छ ।

स्वीटजरल्याण्डको प्रविधि रहेको उक्त केबुलकार आन्तरिक समस्याका कारण केही सयम रोकिएको थियो । आइतबार अन्तिम परीक्षणको प्रमाणपत्र प्राप्त पछि पूर्णरुपमा सञ्चालनमा आएको कालिञ्चोक दर्शन प्रालिले बताएको छ ।

नेपालमा हालसम्मको सबैभन्दा उच्च स्थानमा रहेको उक्त केबुलकार कालिञ्चोक कुरीबाट टुप्पामा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म सञ्चालित छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: