Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एउटै पासोमा वृद्ध दम्पतीद्वारा आत्महत्या

पाल्पा, मंसिर १० । शनिबार दिउँसो सामान्य झगडाबाट रिसाएर हिंडेकी श्रीमतीलाई आइतबार श्रीमानले भेटे । त्यो पनि जंगलमा झुन्डिएको मृत अवस्थामा । त्यसपछि श्रीमानले श्रीमतीकै पासो खोलेर आत्महत्या गरे ।

सामान्य झगडामा रिसाएर हिंडेकी श्रीमती आत्महत्या गर्लिन् भन्ने श्रीमानले सोचेनन् । अहिले यसरी दम्पतीले नै आत्महत्या गरेको घटनाले गाउँले शोकमा डुबेका छन् ।

माथागढी गाउँपालिका ५, हात्तीलुङ गोहेलुङ गाउँको घटनाले गाउँलेलाई शोकमा डुबाएको हो । दम्पतीले घरनजिकैको जंगलमा आत्महत्या गरेका हुन् । ७६ वर्षीय पूर्णबहादुर सारु र उनकी श्रीमती ६६ वर्षकी हरिसरा सारुले आत्महत्या गरेको स्थानीयले बताए ।

वृद्ध दम्पतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद घिमिरेले बताए । सदरमुकामदेखि ५० किलोमिटर दक्षिणपूर्वमा भएको घटनापछि सोमबार मात्र शव तानसेन ल्याइएको छ । ‘दम्पतीले आत्महत्या गर्नुको कारण भने अनुसन्धानका क्रममा रहेको छ,’ घिमिरेले भने ।

शनिबार दिउँसो वृद्ध दम्पती नातिनी १५ वर्षीया कल्पनासँगै गोहेलुङ गाउँबाट खाना खाएर बेँसी फोक्सिङछाप दाइँ गर्न झरेका थिए । उनीहरुको खेत बेँसीमै थियो । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: