Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पशुलाई पनि अब सुत्केरी भत्ता !

दमक, मंसिर १० । झापाको हल्दीबारी गाउँपालिकाले कृत्रिम गर्भाधान गरेर सुत्केरी भएका पशुलाई ‘सुत्केरी भत्ता’ दिने भएको छ ।

गाउँपालिकाले मंसिर ३ पछि सुत्केरी भएका गाई र भैंसीलाई पोषणबापत प्रतिपशु हजार रुपैयाँका दरले ‘भत्ता’ दिन लागेको हो ।

गाउँपालिकाले चालू वर्ष ‘किसानको खुसी, पशुपालन र कृषि’ कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत पशु नश्ल सुधारका लागि पशुलाई सुत्केरी भत्ता दिने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

भत्ताबारे गाउँपालिकाले आइतबार सूचना जारी गरेको छ । भत्ताका लागि पशुधनीले आफ्नो नागरिकताको प्रतिलिपि र पशुमा कृत्रिम गर्भाधान गराएको प्रमाणपत्र सहित निवेदन दिनुपर्ने अधिकृत घिमिरेले बताए ।

किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न यो कार्यक्रम ल्याइएको उनको भनाइ छ । गाउँपालिकाले गत वर्ष ४ सय ५० गाई र भैंसीको नश्ल सुधारका लागि कृतिम गर्भाधान गराएको थियो । तीमध्ये १ सय ५० भन्दा बढी गाई–भैंसी ब्याएको उनले जनाए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: