निर्मलाका बुबाको स्वास्थ्यमा खासै ठूलो समस्या छैनः चिकित्सक

काठमाडौं, मंसिर १० । निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्यमा सुधार आएको छ । उनलाई ल्याउँदाको अवस्था भन्दा अहिले धेरै सुधार भएको उपचारमा संग्लन डा. सरोज ओझाले जानकारी दिए ।

तनावका कारण केही फरक व्यवहार देखिएको भए पनि यज्ञराज पन्तको मानसिक स्वास्थ्य अवस्था सामान्य रहेको डा. ओझाले बताए । यज्ञराजको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  निर्मला पन्त हत्या प्रकणः सयौं स्थानीयको डिएनए परीक्षण गरिदैं

बलात्कारपछि हत्या गरिएकी १३ वर्षकी छोरी निर्मलाको न्यायका लागि धर्नामा बसेका यज्ञराजले असामान्य व्यवहार देखाउन थालेपछि आइतबार उपचारका लागि उहाँलाई काठमाडौंको शिक्षण अस्पताल ल्याइएको हो ।

कमेन्ट गर्नुहोस्