Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रहरी महानिरीक्षक खनालले सुन तस्करी संग गोप्य भेट गरेको समाचार गलत – एनआरएन युएई

युएई,मङ्सिर १०। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले दुबईमा सुन तस्करी संग गोप्य भेटघाट गरेको भन्ने समाचार आधारहिन रहेको भन्दै एनआरएन युएई त्यसको खण्डन गरेको छ।

गत साता युएईमा सम्पन्न ईन्टरपोलको महासभामा भाग लिन दुबई आएका खनाललाई एनआरएन, युएईले आफ्नो बार्षिक पार्षद सभामा उपस्थित हुन आग्रह गरेपछि विषेश अतिथीको रुपमा उक्त कार्यक्रममा करीब १ घण्टा उपस्थिती जनाउदै शुभ कामना मन्तब्य समेत राखेका थिए।

कार्यक्रममा नेपाली दूतावासका श्रम काउन्सेलर भेषराज कार्की, एनआरएनए आईसीसी उपाध्यक्ष कुमार पन्त, मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, आईसीसी सदस्य ठाकुर प्रसाद ढुङ्गाना, आईसीसी सदस्य मनोज श्रेष्ठ, नेपाली  समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, एनआरएन साउदीका राजु सैयदलगायतको विशेष उपस्थिति थियो।

उपस्थित मध्य एनआरएनका आइसिसीका सदस्य ठाकुर प्रसाद ढुङ्गाना भने यसअघिनै सुन तस्करीको आरोपमा पक्राउ परि आरोप प्रमाणित नभएपछी १० लाख धरौटीमा रिहा भएका थिए। कार्यक्रममा ढुंगानाको उपस्थिति देखिए पनि खनालले उनी संग ब्यक्तिगत भेटघाट नगरेको एनआरएन युएईले जनाएको छ।

कार्यक्रम खुल्ला प्रकृतिको भएको हुँदा युएईमा रहेका नेपालीहरु सहजै जान सक्छन् तर खनालले कार्यक्रम अघि र पछी कोहि संग ब्यक्तिगत भेटघाट गरेका छैनन जहाँ सम्म आरोपित र तस्करहरु संग भेट्गरेको भन्ने छ त्यो नितान्त भ्रमिक कुरा हुन एनआरएन युएई द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: