टि–१० क्रिकेट लिगः सन्दीप महंगा सावित ! [LIVE]

काठमाडौं, मंसिर । यूएइमा जारी टि–१० क्रिकेट लिगमा यसअघिका तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आजको खेलमा भने महंगा सावित भए ।

पहिलो ओभरमा १८ रन खर्चिएका उनले दोस्रो ओभरमा १० रन दिए । आज सन्दीपले विकेट लिन सकेनन् । यसअघिका तीन वटै खेलमा उनले विकेट लिन सफल भएका थिए ।

लामिछानेको टिम केरला नाइट्सले अहिले पञ्जाव लेजेण्ड्सँग खेलिरहेको छ । आज सन्दीपको टिमले टस जितेर बलिङ रोजेको छ । साविकको विजेता समेत रहेको केरलाले पहिलो खेलमा जित निकालेको थियाे । भने, दोस्रो खेलमा हार र तेस्रो खेलमा अंक बाँडेको छ ।

याे पनि पढ्नुस  एसिया कप छनोटः सिंगापुरको इनिङ धरापमा, आठौं विकेट गुम्यो ! [अपडेट]

सन्दिपले पहिलो खेलमा तीन, दोस्रो खेलमा एक र तेस्रो खेलमा तीन विकेट लिइसकेका छन् । सन्दीप पहिलो खेलमा ‘म्यान अफ द म्याच’ समेत बनेका थिए ।

सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु छन् ।

याे पनि पढ्नुस  सन्दीपले ट्वीट गर्दै दिल्ली डेयर डेभिल्सलाई यस्ताे भने...

लिगमा कुल ८ टिम सहभागिता छ। मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्।

इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए।

इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय लिग खेल्न सुरू गरेका सन्दिपले पछिल्लो एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्।

याे पनि पढ्नुस  टि–१० क्रिकेट लिगः सन्दीप आज पनि महंगा सावित ! [LIVE]

त्यस्तै सन्दीपको अष्ट्रेलियाको विश्व चर्चित बीग ब्यास, बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा समेत अनुबन्ध भईसकेका छन्। उनलाई दिल्लीले पुनः आइपिएलको आगामी संस्करण खेल्ने टिममा राखिसकेको छ।

ویدو شیر کی

Posted by Ehsanullah jabarkhail on Monday, 26 November 2018

कमेन्ट गर्नुहोस्