नेपाल र चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण सुरु

काठमाडौं । नेपाल र चीन जोड्ने रसुवागढीस्थित लेन्दे खोलामाथिको मितेरी पुलको पुनर्निर्माण सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौताअनुसार चीन सरकारको सहयोगमा मितेरी पुलको पुनर्निर्माण सुरु गरिएको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले पुलमा क्षति भएपछि बेली ब्रिज राखेर यातायात सञ्चालन हुँदै आएको थियो ।

याे पनि पढ्नुस  गोसाइँकुण्डमा भक्तजनको आगमन सुरु

१ सय १४ मिटर लम्बाई तथा ९ दशमलब ५ मिटर चौडाई रहेको दुई लेनको पुल हाल सञ्चालनमा रहेको पुलभन्दा ५ मिटर उत्तर पूर्वमा निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका क्रममा सहजीकरणका लागि दुई देशका अधिकारीबीच छलफलसमेत सम्पन्न भइसकेको छ ।

याे पनि पढ्नुस  अायाेजना तोकिएकै मितिमा सक्ने गरी तीब्र गतिमा काम गर्न मन्त्री पुनको निर्देशन

निर्माणका क्रममा चिनियाँ कामदारको आवास, पास, कंक्रिट मेसिनका लागि आवश्यक स्थान, पुल निर्माणमा आवश्यक माटो तथा ढुंगा र नेपालतर्फबाट निर्माण सामग्री खरिद गरि ल्याउनुपर्ने भएमा नेपाल सरकारले सहजीकरण गरिदिने ब्यवस्था मिलाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

निर्माण सुरु गरिएको पुल चिनियाँ ठेकेदारले सन् २०१९ को मेभित्र सम्पन्न हुने बताइएको छ ।
गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्