Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ईङलिस प्रिमियर लिगमा न्यु क्यासलद्वारा बर्नली २–१ गोल अन्तरले पराजित

मंसिर ११, २०७५ – ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा न्यु क्यासल युनाईटेडले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

सिजनको तेस्रो जित दिलाउन सिरायन क्लार्कले गोल गरे ।

अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो ।

जितसँगै न्यु क्यासल तालिकाको १३ औँ स्थानमा उक्लिएको छ ।

१३ खेलको समाप्तीमा ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको न्यु क्यासलले समान अंकको वेष्टह्याम युनाईटेडलाई पछि पारेको हो ।

खेलको ४० औँ मिनेटमा एक गोल फर्काएपनि बर्नलीले घरेलु मैदान र दर्शकको फाईदा भने लिन सकेन् ।

५६ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा राखेको बर्नलीका आधा दर्जन प्रहार असफल बनेका थिए ।

बर्नली रेलिगेशन जोन भन्दा एक स्थान मात्र माथि १७ औँ स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: