निर्मलाको आमाले यसरी दुखेसो पोखिन्, फेरि अर्को घटना हुन्छ भन्ने डर छ (भिडियोसहित)

काठमाडौं, मंसिर ११ ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । संयोजक भट्टराईले बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई सम्झाएका थिए ।

उनले आफूहरुको सक्दो सहयोग रहने समेत प्रबिद्धता जनाएका थिए ।

याे पनि पढ्नुस  कञ्चनपुर घटनामा अर्का एक जनाको मृत्यु

डा.भट्टराईले अन्य केही समस्या भएपनि आफूहरुले सहयोग गर्ने वचन दिएका छन् । बाबुरामसँगको कुराकानीका क्रममा निर्मलाकी आमाले छोरीको न्याय त राज्यले दिनु नै पर्ने तर छोरीको पीडाकै बीचमा श्रीमानको समेत यो हालत भएको भन्दै गुनासो पोखेकी थिइन् ।

कञ्चनपुरकी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न अपराधी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सरकारले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

याे पनि पढ्नुस  एक दशकदेखि नदीको पानी पिउँदै

भीडभाड हुने भएकाले उनलाई आइसीयूमा राखिएको उपचारमा संग्लग्न चिकित्सक श्रेष्ठले बताए ।

‘सिटीस्क्यान गर्दा मष्तिष्कमा कुनै समस्या देखिएको छैन, तर लक्षणहरुले मेनिया भएको देखाएको छ’, श्रेष्ठले भने, ‘खुट्टा मर्किएको र छातीमा समस्या पनि देखिएको छ।’

श्रेष्ठको अनुसार पन्तको उपचार भइरहेको छ । सबै रिपोर्टहरु आएपछि विस्तृतमा थाहा हुने छ । भन्छन्– ‘रिपोर्ट नआर्इकन विस्तृतमा के भएको भन्न सकिन्न ।’

याे पनि पढ्नुस  गम्भीर लापरवाहीः निर्मलाको लुगा सुरक्षित नराख्दा अनुसन्धानमा समस्या

कमेन्ट गर्नुहोस्