युएईमा चलचित्र छक्का पञ्जा ३ हेर्नेको भीड, चलचित्र इतिहासमै पहिलो पटक करोडौंमा खेल्न सफल

युएई, मंसिर ११ ।

नेपाली चलचित्रको इतिहास सफल चलचित्र ‘छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने भएका छन ।

नेपाली चलचित्रको उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको चलचित्र ‘छक्का पञ्जा ३’ आगामी डिसेम्बर १३ तारिकदेखि युएईका बिभिन्न ८ शहरका फिलिम हलमा लाग्ने भएको छ ।

नेपाली चलचित्र युएईको वर दुबई, क्यारिफोर सिटीसेण्टरको सिन्धगा सिनेमा हलमा दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको नेसनल सिनेमाहल र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा, लगायत युएईका अधिकांश फिलिम हलमा नेपाली चलचित्र ‘छक्का पञ्जा ३ प्रदर्शनी हुने भएको हो ।

याे पनि पढ्नुस  रिमासँग डिभोर्सपछि रोबर्टले वर्षासँग लगनगाँठो कसे

नेपालमा रहेका सिमित हल र नेपालीमाझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राविधिक रुपमा आफ्नो विकास नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फैलाउन पहल गरिएको आयोजकले बताएका छन् । युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिकरुपमा युएईमा २०१६ अक्टोबर १४ तारिकदेखि युएईमा नेपाली चलचित्र बीर बिक्रम पर्दशनी भएर नियमित प्रदर्शन सुरु भएको थियो ।

याे पनि पढ्नुस  रेखा थापापछि शिल्पाले पनि मागिन डिभोर्स, छविविरुद्ध घरेलु हिंसाको मुद्दा

युएईको चलचित्र हलमा ‘छक्का पञ्जा३’ प्रदर्शनीको लागि सम्पूर्ण तयारी सकिएको युएईका लागि नेपाली चलचित्रका वितरक राजन अधिकारीले बताएका छन ।

देशबाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला सांस्कृति र साहित्यतर्फ चासो राख्ने गर्दछन । नेपाली चलचित्र पनि स्तरीयरुपमा निर्माण हुन थालेकाले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित प्रदर्शनीपछि नेपाली कला–संस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शनका राजन अधिकारीले मोफसललाई बताए ।

याे पनि पढ्नुस  चलचित्र ‘मदहोस’को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

दीपाश्री निरौला निर्देशित चलचित्र दीपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रसाई, शिवहरि पौडैल, केदार घिमिरे ‘माग्ने बुढा, जितु नेपाल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा ३ ’सन्देश मुलक चलचित्र बनेको समीक्षाको राम्रो प्रतिक्रिया पाएको छ ।

यस नेपाली चलचित्रले नेपालको चलचित्र इतिहासमै पहिलोपटक सबैभन्दा धेरै पैसा कमाउने चलचित्र बन्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्