Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘मिस वर्ल्ड २०१८’ मा पुग्न सफल नेपालकी शान श्रृंखलालाई जिताउन भोटिङको अोइरो (भिडियोसहित)

काठमाडौं, मंसिर ११ ।

नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले ‘मिस वर्ल्ड २०१८’ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छिन् ।

उनी अहिले भोटिङमार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निकै आकर्षक आइरहेको छ । यो समाचार तयार पार्दा समेत उनी अग्रस्थानमा छिन् । उनी मिस वर्ल्ड २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्ने छ ।

अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन् ।

गत कात्तिक २३ गते शुक्रबार ‘मिस वर्ल्ड २०१८’ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा श्रृंखलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झण्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन् ।

उक्त तस्विरले धेरैको मन जितिरहेको छ । तस्बिरसँगै उनले लेखेकी थिइन् नेपाल, म तिमीलाई गौरवान्वित बनाउने छु, यो मेरो वाचा भयो अर्थात् नेपाल, आई विल डू यू प्राउड, प्रमिस । स्टाटससँगै श्रृंखलाले आफ्नो मिस वर्ल्डको यात्रा प्रारम्भ भएको जानकारी समेत गराएकी छिन् ।

मिस वर्ल्ड २०१८ को निर्णायक प्रतियोगिताअघि विभिन्न युट्युब च्यानलले यो वर्षको सम्भावित विजेताका बारेमा अनुमान लगाउन थालिसकेका छन् । मिस वर्ल्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भइरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वर्ल्डको उपाधि नै जित्न सक्ने अनुमान गरेका हुन् ।

कसरी गर्ने भोट ?

श्रृंखलाले आफ्नो फेसबुक पेजमार्फत आफूलाई अनलाइन भोट गर्न सम्पूर्ण नेपालीसमक्ष आग्रह समेत गरेकी छिन् । त्यसका लागि मोबाइलमा मोबस्टारको एप डाउनलोड गरेर श्रृंखला खतिवडाको पेजमा गै उनलाई फलो गर्नुपर्ने छ ।

त्यसपछि उनको पोस्टमा गएर मोबाइलको स्क्रिनलाई देब्रेबाट दाहिनेतर्फ स्विप गर्नुपर्छ । त्यसो गर्नेबित्तिकै ‘यस’ लेखिएको देखिने छ । उक्त शब्द देखिनु भनेकै श्रृंखलाले एक मत प्राप्त गर्नु हो । त्यसका लागि प्रत्येक दिन उक्त एपमा गएर उनका हरेक पोस्टमा कमेन्ट समेत गर्नुपर्ने छ । यसरी भोट गर्दा सबैभन्दा बढी मत पाउने सुन्दरीले मिस वर्ल्डको एउटा महत्वपूर्ण विधा मल्टिमिडियाको उपाधि जित्ने छिन् ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: