Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘रणवीर’को फस्ट लुक्स सार्वजनिक

आगामी माघ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रणबीर’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

चलचित्रको प्रदर्शन मिति ६८ दिन बाँकी रहँदा निर्माण पक्षले फस्ट लुक्स सार्वजनिक गरेको छ ।

अभिनेता सुशील सिटौलाको चरित्रलाई केन्द्रित गरेर चलचित्रको फस्ट लुक्सको रुपमा नेपाली र अंग्रेजी टाईटलमा उनको एकल फोटो युक्त २ पोष्टर सोमबार सार्वजनिक गरिएको हो ।

अभिनेता सुशीलले यो चलचित्रको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए । करिब ९ महिना नियमित जिम गरेर आफुले तौलसँगै शारीरिक सुगठन समेत यही फिल्मको लागि बनाएको पनि सुशीलले बताए ।

यो चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । निर्माता रेग्मीका अनुसार फस्ट लुक्सकै शुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो । आफूहरुले १८ माघमा रिलिजको समय गत असारमा लिएर प्रचारमा उत्रिएकाले यो फिल्म सोही मितिमा आउने अर्की निर्माता गोमा बिष्टले बताएकी छिन् ।

यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् ।

यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।

चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् । सुशील सिटौलासँगै यो चलचित्रमा, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ ।

चलचित्र रणबीर करिब २ करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी गराए । चलचित्रको २ वटा गीतबाहेक बाँकी सबै छायाँकन सम्पन्न भएको छ । बाँकी रहेको दुई गीत १५ मंसिरबाट छायाँकन गरिने पनि उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: