Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ग्राहक सदस्यहरुको लागि उद्यमशीलता विकास तालिम सम्पन्न

दाङ, मंसिर ११ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ मंसिर ५ गतेदेखि ७ गतेसम्म दाङ जिल्लाको तुल्सीपुरमा ‘उद्यमशीलता विकास तालिम’ सम्पन्न गरेको छ ।

उक्त तालिममा तुलसीपुर शाखाका २३ जना ग्राहक सदस्यहरुको सहभागितामा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको संस्थाका तुलसीपुर शाखा कार्यालयका शाखा प्रमुख पिताम्बर पौडेलले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरुमा संस्थाको क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम अधिकृतद्वय जिताराम गौतम र प्रेमप्रसाद सुवेदी रहेका थिए ।

प्रदेश नं.५ का माननीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीले पानसमा दीप प्रज्वलन गरी उदघाटन भएको कार्यक्रमको शाखा प्रमुख पिताम्बर पौडलले अध्यक्षतामा गरेका थिए । उद्घाटनका क्रममा सांसद सदस्य ओलीले यस तालिमबाट तयार हुने उद्यमी तथा तालिम संचालन गर्ने निर्धन उल्थान लघुबित्त बित्तीय संस्थालाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट नोखी रावत र तेजकुमारी बिकले तालिमबाट आफूहरुले धेरै कुरा सिक्न पाएको बताउँंदै समाजमा सीप बिकास सम्वन्धी तालिमहरुको समेत आवश्यकता रहेको जनाएका थिए ।

यस उद्यमशीलता विकास तालिम फाईदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताएका थिए ।

संस्थाले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आफनो ग्राहक सदस्यहरुको आर्थिक विकास, सामाजिक विकास गर्दै आएकोमा सहभागीहरुले खुशी ब्यक्त गरेका थिए ।

समापन सत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखाका केन्द्र परिचालक मनिषा पुनले सहभागीहरुलाई तालिमबाट सिकेको सीप ज्ञानको प्रयोग गर्दै आगामी दिनमा सफल उद्यमी बन्न शुभकामना दिएकी थिईन् । कार्यक्रममा कार्यक्रम अधिकृतद्वय जिताराम गौतम तथा प्रेमप्रसाद सुबेदीले मन्तव्य दिएका थिए ।

कार्यक्रम अधिकृत गौतमले एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको बताएको थिए ।

संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत गौतमले बताएका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ ।

यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता विकास तालिम, ब्यवसाय विकास तालिम कार्यक्रम प्रदान गर्दै आइ रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ ।

संस्थाले २०७५ आश्विन मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु.१६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ ।

संस्थाका ग्राहक सदस्यहरुलाई ब्यवसायिक रुपमा व्यवसाय गर्न थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका तुलसीपुर शाखाका प्रमुख पौडेलले जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: