Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आग्लो प्रहार गरी श्रीमतीको हत्या

दोलखा, मङ्सिर ११ ।

जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।

ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । हत्या गरेलगत्तै तामाङ फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताए ।

मृतक राममायाको शव जिरी अस्पतालमा राखिएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: