Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चन्द्रगिरि नगरपालिकामा स्थानीयको पहलमा ४० वटा सडक बत्ती जडान

काठमाडौं, मंसिर ११ ।

राजधानीको चन्द्रागिरि नगरपालिका १० सिम्चा सतुगंलस्थित सानो गणेश मन्दि«र समाजले आफनो सेवा क्षेत्रको सडकमा सडक बत्ती जडान गरेको छ ।

टोल विकासले देउसी भैलोबाट संकलित आफनो १ लाख २० हजार लगानीमा टोल क्षेत्रको सडकमा ४० वटा सडक कत्ती जडान गरेको हो । सानो गणेश मन्दिर समाजलले एक कार्यक्रमको आयोजना गरी सडक बत्तीको उद्घाटन गरेको छ ।

पुर्वयुवा तथा खेलकुद मन्त्री तथा प्रतिनिधिसभा सांसद राजेन्द्र केसीले स्विच अन गरी सडक बत्तीको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद केसीले समाज रुपान्तरणमा जनसहभागिता भयो भने मात्र विकास प्रतिफलमुखी हुने बताए । उनले समाज सभ्य बनाउन विकास निमार्णमा कसैले राजनीति गर्न नहुने धारणा राखे ।

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरका नगर प्रमुख घनश्याम गिरीले आगामी दिनमा नगरले विकासमा भएको जनसहभागीलाई र योगदानको कदर स्वरुप विशेष प्राथमिकताको आधारमा सहयोग गर्दै जाने बताए । उनले अपराध नियन्त्रणमा समेत सडक बत्ती फलदायी हुने विश्वास व्यक्त गरे ।

सडक बत्ती जडान पश्चात ३ सय घरधुरी लाभान्वित हुनेछन भने बाँकी २०० सय घरधुरीलाई ३० ओटा बत्ती जडान गर्ने कार्य छिट्टै सञ्चालन हुने कार्यक्रममा जानकारी दिएका छन् ।

टोल विकास संस्थाका अध्यक्ष टोकमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण संस्थका संलाहाकार रेश्म दवाडीले गरेका थिए ।

तस्वीर : अमृत श्रेष्ठ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: