Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिक्षक महासघसँग वार्ता गर्न वार्ता टोली गठन, पहिलो चरणको प्रारम्भिक छलफल

काठमाडौ, मंसिर ११ ।

विभिन्न २६ बुँदे माग राख्दै आन्दोलनमा रहेका शिक्षक महासघसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सचीव खगराज बरालको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।

मन्त्री पोखरेलले शिक्षक महासंघको मागसम्बन्धी तत्काल छलफल र सम्बोधन गर्न मन्त्रीस्तरीय निर्णय गर्दै वार्ता टोली गठन गरेका हुन् ।

वार्ता टोलीले शिक्षक महासघ संघ पहिलो चरणको प्रारम्भिक छलफल समेत गरेको छ ।

शिक्षा सचिव बरालको नेतृत्वमा रहेको वार्ता टोलिमा सहसचिवहरु बैकुण्ठ अर्याल, बाबुराम पौडेल, सुर्यप्रसाद गौतम र कृष्णप्रसाद काप्री सदस्य रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: