Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

असुरक्षित र अनिश्चित रोजगारीको अवस्था अन्त्य, नेपाल नयाँ युगमा प्रवेश

काठमाडौं, मंसिर ११ ।

श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कार्यक्रमले देश नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

सामाजिक सुरक्षा अभियान उदघाटन समारोहमा बोल्दै मन्त्री विष्टले रोजगारदाता र श्रमजीविमा रहेको असुरक्षा र अनिश्चिततालाई अन्त्य गर्न यो अभियानले मुख्य भूमिका निर्वाह गर्ने बताए ।

बिष्टको सम्बोधनका मुख्य बुँदाहरु

आज हामी आम नेपालको जीवनमा दीर्घकालीन महत्व राख्ने सामाजिक सुरक्षा शुरु गर्ने ऐतिहासिक चरणमा छ । रोजगारदाता र श्रमिकका लागि अत्यन्तै महत्वपुर्ण दिन हो ।

श्रमजीविको जीवनमो देखिएको अनिश्चितता र असुरक्षाको अन्त्य हुने छ । अब उनीहरु मर्यादित श्रम गर्न र सम्मानित जीवन बाँच्न पाउने छन । रोजगारदा ढुक्कसँग लगानी गर्ने वातावरण पाउने छन् ।

श्रमिक र प्रतिष्ठान दुबैको उत्पादकत्व पुग्न गई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने छ । सन्तुलित र दीगो विकास प्राप्त हुने छ । यसबाट सभ्य समाज, समृद्ध देश र सुखी जनताको सपना साकार पार्न सकिन्छ ।

यो सामाजिक न्याय पाउने आधार पनि हो ।

सबैका लागि सामाजिक सुरक्षाको लक्ष्य रोजगारदाता, श्रमिक र सरकारबीचको त्रिपक्षिय साझेदारीबाट प्राप्त हुन सक्छ । आज नेपाल एक नयाँ युगमा प्रवेश गरेको छ । विगतको अनिश्चितता र असुरक्षाको अन्त्य गर्दै सुरक्षित यात्रा शुरु गरेका छौं । यसले जनताको जीवनमा सुखद अवसर ल्याउने छ ।

आन्तरिक रोजगारीको अवसर बृद्धि हुने र वैदेशिक रोजगारीमा निर्भरता क्रमशः कम हुँदै जाने छ ।

नेपाल सरकारले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रुपमा हरेक वर्ष मनाईने निर्णय भएको छ ।
क्रमशः बौद्धिक, कर्मचारीलगायत सबैलाई समेटिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: