Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यो तामझाम किन भन्नेहरूलाई देखाउन नै यो तामझाम हो: प्रधानमन्त्री

काठमाडौँ, मंसिर ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यो तामझाम किन गरेको भन्नेहरूलाई देखाउन नै यो तामझाम गरेको बताएका छन् । सामाजिक सुरक्षा योजना कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सरकार सधैं श्रमजीवी जनताका लागि प्रयत्नशील रहेको र सरकार कहाँ छ भनेर सोध्नेहरूलाई यस्ता कार्यक्रमहरूले उत्तर दिने बताएका छन् ।

नेपाली जनताको संकल्पका अगाडि इतिहासमा केही नटिकेको भन्दै प्रधानमन्त्रीले जनताले देखाएको बाटोमा नै नेपाल हिंडेकोमा जनताले निराश हुने कुनै कारण नरहेको बताए ।

अहिले विभिन्न कोणबाट जनतालाई निराश पार्ने काम भैरहेको भन्दै प्रधानमन्त्रीले जनता निराश हुनु चिन्ताको विषय रहेको बताएका छन् ।

राज्यका उद्योग-धन्दा कौडीको मूल्यमा बेच्नेहरूले सधैं नकारात्मक कुराहरूको मात्रै प्रचार गर्ने गरेको प्रधानमन्त्रीको आरोप रहेको छ ।

अर्को वर्ष विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर नरहने र तिनको अभिभावकत्व सरकारले गर्ने समेत प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्रीले आफूले सरकारका कहाँ छ भनेर सोध्नेहरूलाई सरकार मजदूर र श्रमजीवीसँग रहेको भन्ने स्मरण गराउन चाहेको भन्दै केही दिनमै मेलम्ची आए सरकार कहाँ रहेको भन्ने आफैं थाहा हुने बताएका छन् ।

प्रधानमन्त्रीले सामाजिक सुरक्षा भनेको अधिकार र दायित्वको सम्मिश्रण रहेको भन्दै यो श्रमक्षेत्रमा कार्यरत सबै श्रमिकलाई समेट्ने बताउंदै यसले रोजगारदाता र श्रमिक दुबैका अपेक्षा पूरा गर्ने बताएका छन् । यसले श्रमिकलाई सुरक्षाको र रोजगारदातालाई अध्हिकतम उत्पादकत्वको प्रत्याभूति दिने समेत बताएका छन् ।

यो सरकार सामाजिक न्याय तथा समानता सहितको प्रजातन्त्रको पक्षमा रहेको विचार व्यक्त गर्दै प्रधानमन्त्रीले स्वतन्त्रताको हकले मात्र सामाजिक न्यायलाइ प्रत्याभूत गर्न नसकिने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: