Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘अब मेलम्ची आउँछ, अनि थाहा हुन्छ कहाँ छ सरकार भनेर’ : प्रधानमन्त्री

काठमाडौं, मंसिर ११ ।

प्रधानमन्त्री केपी ओलीले विकासका आयोजनाहरु धमाधम पुरा हुँदै गइरहेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार कहाँ छ भनेर सोध्नेहरुलाई कडा जवाफ दिएका हुन ।

यस्तो भने प्रधानमन्त्रीले, सरकार हरायो कहाँ छ ? भनेर पनि कतिपयल सोधे । कतिले भने, सरकारले सिन्को पनि भाँचेन । तर यो सरकार जुम्रा मार्न र सिन्का भाँच्नका लागि हैन । देशमा परिवर्तन ल्याउनका लागि हो, त्यो काम गर्नका लागि हो ।

म सोध्न चाहन्छु, के अझै सरकार देख्नु भएन ? चश्माको पावर थप्नु पर्दैन, अब सरकार नचाहेर पनि देख्नु हुने छ । मजदूरलाई सोध्नुस सरकार कहाँ छ, दु:ख नपाएका जनतालाई सोध्नुस सरकार कहाँ छ भनेर ? त्यहाँ जवाफ पाउनुहुन्छ । केही दिनमा मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ आउँछ ? बाटोमा धुलो उडन कम भएको छ, जवाफ पाउनु भएको होला अलिकति ।

काठमाडौंका सडक बढारिन्छन सफा हुन्छन अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ भनेर ?

व्र्षौंदेखि कलंकी नागढुंगाको कुरा हुन्थ्यो, हेर्न जानुस अहिले त्यहाँ छ सरकार ।

जता घुम्यो त्यता सरकार देख्न थालेपछि अनि चुप लाग्नुहुन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: