Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको भेटवार्ता

काठमाडौं, मङ्सिर ११ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डसँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गरेका छन् ।

मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको औंल्याए । अध्यक्ष प्रचण्डले जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिकता भएको पनि जानकारी गराए ।

अध्यक्षले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आउनुभएका राजदूत बेरीलाई भने, “तपाईँको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।” अध्यक्षले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताए ।

राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताए । उनले नेपालको शान्तिपूर्ण लोकतान्त्रिक रुपान्तरण उत्तम रहेको बताउँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको बताए ।

हेर्नुहोस् केही झलकहरु-

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: