Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ब्यवसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

कैलाली, मंसिर ११ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३३ जना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर ६ गतेदेखि ८ गतेसम्म कैलाली जिल्लाको मसुरीयामा.मा ‘ब्यवसायिक उन्नत बाख्रापालन तालिम’ सम्पन्न गरेको संस्थाका अत्तरीयाका क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकरप्रसाद न्यौपानेले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षकहरु बिर बहादुर ठगुन्ना, भिम बहादुर राना, शंकर प्रसाद न्यौपाने, धर्मराज बश्याल रहेका थिए ।

तालिमको अन्त्यमा तालिमको मूल्याकंन सहभागी फुलकुमारी मल्ल, सहभागी भिमा बि.क..ले मन्तब्य राखेका थिए । व्यावसायिकरुपमा उन्नत बाख्रापालन गरेमा धेरै फाइदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । बाख्रापालन गरिरहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षेत्रीय प्रमुख शंकरप्रसाद न्यौपानेले जानकारी गराएका थिए ।

तालिमको संचालन मसुरीया शाखाका प्रमुख धर्मराज बश्यालले गरेका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो ।

संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आबद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ ।

यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइरहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले असोज मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु.१६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ ।

बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका मसुरीया शाखाका शाखा प्रमुख धर्मराज बश्यालले जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: