Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मंसिर ११ गतेदेखि मन्त्रीस्तरीय सम्मेलनको आयोजना हुँदै

काठमाडौं, मंसिर ११ ।

अष्ट्रेलियाको भियानामा मंसिर ११ देखि १४ गतेसम्म आयोजना हुने “IAEA Ministerial Conference on Nuclear Science and Technology: Addressing Current and Emerging Development Challenges” विषयक सम्मेलनमा सहभागिताका लागि परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग भियनाबाट निमन्त्रणा प्राप्त भएकोमा मन्त्रिपरिषदको गत कार्तिक २९ गते सो मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल मंसिर ११ गते अष्ट्रेलियाको भियाना प्रस्थान गरेका छन् ।

सम्मेलनमा दिगो विकासको लक्ष्य प्राप्तिका लागि तय गरिएको राष्ट्रिय रणनीतिमा आणविक विज्ञान तथा प्रविधिलाई समायोजन गर्ने र मुलुककको विद्यमान र भावी विकास चुनौतिलाई सम्बोधन गर्न आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगका विषयमा जानकारी गराउनुका साथै त्यस सम्बन्धमा उच्चस्तरीय बहसको अवसर प्रदान गर्ने उद्देश्यले उक्त मन्त्रीस्तरीय सम्मेलनको आयोजना गरिएको हो ।

सो अवसरमा नेपालको तर्फबाट मुख्यत: पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको संक्षिप्त जानकारी तथा हालसालै संघीय संसदबाट पारित भएको पारमाणविक विज्ञान तथा प्रविधि सम्बन्धी अनुसन्धान विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता¸ २०१७ को समेत जानकारी गराउने कार्यक्रम रहेको छ ।

नेपालले सन् २००८ देखि अन्तराष्ट्रिय आणविक ऊर्जा एजेन्सी सदस्यता प्राप्त गरेपश्चात हानिकारक विकिरणबाट सुरक्षा, स्वास्थ्य¸ कृषि¸ खानी¸ उर्जा¸ वातावरण तथा युरेनियम उत्खनन् लगायत विभिन्न क्षेत्रमा संचालित परियोजना मार्फत प्राविधिक सहायता प्राप्त गरिरहेको छ ।

पारमाणविक प्रविधि र आयेनिकृत विकिरणको सुरक्षित र शान्तिपूर्ण प्रयोग गर्नु त्यस्ता विकिरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको स्वास्थ्य सुरक्षा एवं वातावरण संरक्षण गर्न, रेडियोधर्मी स्रोतहरुको सुरक्षा र संरक्षण गर्न पारमाणविक तथा रेडियोधर्मी पदार्थको अनधिकृत प्रयोगहुनबाटबचाउन, त्यस्ता अनधिकृत कार्य उपर निगरानी राख्न आवश्यक प्रभावकारी कानुनी तथा नियमनकारी पुर्वाधारको स्थापना साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगका सान्दर्भिक अन्तर्राष्ट्रिय दस्तावेजमा नेपालले व्यक्त गरेका प्रतिवद्धताहरु कार्यान्वयनका साथै नियमन तथा व्यवस्थित गर्ने प्रवाधान सहित पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा हाल संघीय संसदमा पेश गर्न मन्त्रिपरिषदबाट स्वीकृत भएको व्यहोरा सम्मेलनका व्रmममा माननीय मन्त्री ज्यूले जानकारी गराउने कार्यव्रmम रहेको छ ।

विज्ञान तथा प्रविधिको उपलब्धिमूलक ढंगले सुरक्षित र शान्तिपूर्ण प्रयोग गर्ने र आणविक ऊर्जा उत्पादनका व्रmममा विश्व मानव जगत्ले भोग्नुपरेका वातावरणीय तथा स्वास्थ्य सम्बन्धी समस्याहरु न्यूनीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा सहकार्य एवम् साझेदारी प्रवद्र्धन गर्नमा मन्त्रीले जोड दिएका छन् ।

प्रेस विज्ञप्ती यस्तो छ-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: