Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सलमानपछि शाहरुखलाई पनि धम्की, सुरक्षा व्यवस्था कडा

एजेन्सी । सलमान खानपछि बलिउडका अर्का स्टार शाहरुख खानलाई पनि धम्की दिइएको छ । उनलाई कलिंगा सेनाले धम्की दिएको हो ।

सो संगठनको उडिसा शाखाले शाहरुख खानलाई हकी वर्ल्ड कपमा आए मुखमा मसी फ्याँक्ने बताएको थियो । जसका कारण भारतीय प्रहरीले उनको सुरक्षाव्यवस्था कडा पारेको छ ।

कालिंगा समूहका नेता हेमन्त रथले शाहरुख खानको फिल्म अशोकाले उडिसाका स्थानीयको अपमान गरेको बताएका छन् । सो फिल्म १७ वर्षपहिले रिलिज भएको थियो । ‘हाम्रो संगठनले यससँगसम्बन्धी रिपोर्ट पनि पुलिसमा दर्ता गरेको थियो,’ हेमन्त रथले भनेका छन् ।

भुवनेश्वरको डिसिपी अनुप साहुले हक्की विश्वकपका वेला शाहरुख खानको सुरक्षामा राम्रो ध्यान दिइने बताए । तर, शाहरुख त्यहाँ जानेनजाने निश्चित छैन । त्यसो त यो विवाद फिल्म रिलिज हुनेबित्तिकै सन् २००१ मा पनि भएको हो ।

शाहरुख खानले उडिसा राज्यका नागरिकको इतिहास मेटाउने कोसिस गरेकाले माफी माग्नुपर्ने उनीहरूको माग थियो । उडिसामा २८ नोभेम्बरदेखि १६ डिसेम्बरसम्म हक्की विश्वकप हुँदै छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: