Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘कान समाई हान्ना जसा, च्वाँई अरी गालामा’ 

-नैत देश समृद्धि छ, नै शान्ती देशमा।
जस्तो छ देशको हालत, लेखी दिया यसमा !!

-जन्तालाई देश बिकास, चाईने नेता चाईने पाटी।
नेपालका नेताहरु, तीन बिसी र साठी !!

 

-झिक नेता थोका जन्ता, मेरो देश नेपाल।
नाम चलेको शान्ति देश, बनाया बेहाल !!

-कैले आउँछ देश भित्र सुसासन समृद्धि
छैनप देशका नेता देश बनाउने बुद्धि !!

-जैको सत्ता आए पनि नेताई भर्ने भुणी।
राजनिती खेल यसी रैछ, हुने वणी पुणी !!

-नेताजीको झोला बोकी, मालामल झोलेकी।
जन्तासँग भोट माग्दा, छ्या झुटा बोल्याकी !!

 

-कोई नेता बिराला जसा, कोई नेता मुसा छन्।
उना बगाई उबा खोज्जा, यी नेता उसाछन् !!

-कसैले पेट् भरि सक्यो, कोई भने भोको छ।
सुख शान्ति नपाएर, पुरै देश रोको छ !!

-जै दिन बिरेन्द्र मार्या ईमानदारी राजा।
ऊसै दिन बनाई हाल्या, देशकाई खाजा-खाजा !!

 

-कम्निष्टले मदनजीको कांग्रेसले बिपीको।
नाम बेचि खाउ भन्ने रैछ, सोच बुध्दिजिविको !!

-एमाले मावबादी मिलि काग्रेस फालिका।
बामपंथीका नेतापन रहेछौ खालीका !!

 

-भन्दा छन् बिकास भयो, आआफ्नो पालामा।
कान समाई हान्ना जसा, च्वाई अरि गालामा !!

-जन्तालाई चार आना दिना ठग्दा बाह्र आना।
पेटभरी ओखाल्ला सम्मु, लादो भरी खाना !!

-पैले देश एकै राजा, ऐले राजा सबै।
मेरा देश सुख शान्ति होईजालाकी कबै !!

-चार आना जन्तालाई दियो, बाह्र आना खायो।
यसै छ भएको देशमा, जस्को सरकार आयो !!

 

-सबै पार्टी मिलिजुली सब्ले पालो लायो।
देशका दलाल चोहरुले ठग्ने मौका पायो !!

-नेताकीत बातै छाणु, उसाई छन् जनता।
साँची होकी झुटा कुणो, धै हजुर भनता !!

-कानुनको रक्षा गरौ, संविधानको मान।
हत्या हिंसा अत्याचारको, चलाउ अभियान !!

लेखकः देवराज जप्रेल
जन्मघरः बझाङ, दुर्गाथली गाउँपालिका
हालः भारत, ब्यङ्लोर

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: