डा. केसीले भने– ‘अपराधी जोगाउने सरकार आफैं अपराधी हो’

कञ्चनपुर, मंसिर ११ । निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै पीडित परिवारले सुरु गरेको धर्नामा डा. गोविन्द केसीले पनि समर्थन जनाएका छन् । मंगलबार धर्नास्थल पुगेर उनले न्यायका लागि सुरु गरिएको लडाइँमा समर्थन जनाएका हुन् ।

डा. केसी पनि केहीबेर धर्ना बसेका थिए । ‘न्यायका लागि ढिलोचाँडो नेपाली जनताले दवाव सिर्जना गर्नेछन्’ डा. केसीले भने, ‘त्यतिबेला उत्पन्न हुने परिस्थितिको सरकारले अनुमान लगाउन सक्दैन ।’ उनले न्याय माग्ने भन्दा पनि लिएरै छाड्ने अठोट व्यक्त गरे ।

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरणमा संलग्न भएको अभियोगमा ८ जना विरुद्ध मुद्दा

उनले महेनद्रनगर पुगेर पुस २ देखि चिकित्सा शिक्षाको सुधारसँगै निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै सत्याग्रह सुरु गर्ने दोहोर्‍याए । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत अनशन घोषणा गरेका थिए ।

डा. केसीले अहिलेको सरकार दृष्टीविहीन, कान नसुन्ने र अपराधीसमेत भएको आरोप लगाए । ‘अपराधी जोगाउने सरकार आफैं अपराधी हो’ उनले भने, ‘प्रधानमन्त्री, गृहमन्त्री र अन्य नेताहरुलाई लाज लाग्नु पर्ने हो ।’

याे पनि पढ्नुस  १६ वर्षीय युवती बलात्कारको आरोपमा एक पक्राऊ

बझाङको देउलेकमा स्वास्थ्य शिविर सञ्चालनका लागि धनगढी पुगेका डा. केसी धर्नामा समर्थन जनाउन महेन्द्रनगर पुगेका हुन् । सार्वजनिक बस चढेर आएका उनी जिल्ला प्रशासन कार्यालयसम्म पैदल हिँडेरै पुगेका थिए ।

कमेन्ट गर्नुहोस्