‘प्रचण्डमाथि खुकुरी प्रहार’ भन्दै भ्रमपूर्ण समाचार लेख्ने सम्पादक पक्राउ

काठमाडौं, मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि ‘खुकुरी आक्रमणको प्रयास’ भएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गर्ने ‘सम्पादक’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोष्टपाटी डटकम नामक अनलाइनका गोपाल चन्द रहेका छन् ।

चन्दलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धीरज प्रताप सिंहले जानकारी दिए ।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्डद्वारा नेता पौडेलप्रति अन्तिम श्रद्धान्जली

मंसिर ६ गते प्रचण्ड चितवन गएको बेला कृष्णचोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास गरेको भन्दै पोष्टपाटी डटकमले भ्रमपूर्ण समाचार प्रकाशन गरेको थियो ।

पूर्व प्रधानमन्त्रीको मर्यादामा आँच आउने गरी भ्रमपूर्ण समाचार प्रकाशन गर्ने चन्दलाई विद्युतिय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिने एसएसपी सिंहले बताएका छन् ।

याे पनि पढ्नुस  गौतमलाई चुनावमा उठाउनेबारे पार्टीमा निर्णय हुन बाँकी छः प्रचण्ड

रोल्पाको गंगादेवी गाउँपालिका स्थायी भर भएका चन्द भक्तपुरको ठिमी बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्