धमलाले भने, ‘भरतपुरलाई नमूना महानगर बनाउन सबैले रेणु दाहाललाई साथ दिनुपर्छ’

भरतपुर, मंसिर ११ । पत्रकार ऋषि धमलाले चितवनको भरतपुर महानगरपालिकालाई देशकै नमूना शहर बनाउन महानगर प्रमुख रेनु दाहाललाई सबैले साथ दिनुपर्ने बताएका छन् ।

मंगलबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा उनले भने, ‘भरतपुर देशकै राजनीतिक र भौगोलिक दुबैको केन्द्र बनाउन महागर प्रमुख दाहाललाई सबैको साथ सहयोग र समर्थन आवश्यक छ । उहाँलाई सबैको साथ भयो भने महानगरको मुहार फेरिन समय लाग्दैन ।’

पत्रकार धमलाले बिगतको तुलनामा भरतपुरको मुहार फेरिदै गएको आफ्नो यो पटकको भरतपुर आगमनमा महसुस गरेको बताए सिटी हल, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, रिङरोड, लिङ्करोड, पार्किङ व्यवस्थापन भरतपुरका दूरगामी महत्व राख्ने योजना रहेकाले चाँडै यहाँको विकासले गति लिनेमा विश्वस्त रहेको नले बताए ।

याे पनि पढ्नुस  ऋषि धमलाद्वारा ‘क्वारेन्टाइन’का लागि घर दिने घोषणा

महानगरपालिका क्षेत्रलाई कृषि, फलफूल, तरकारी र हर्बलको अर्गानिक खेती सुरु गर्ने विषयमा आज (बंगलबार) भरतपुरमा छलफल भएको थियो । महानगपालिका प्रमुख दाहाल र एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचनबीच सो विषयमा छलफल भएको हो ।

छलफलमा एनआरएनएका पूर्वअध्यक्ष हिराचनले आफूले जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई उपयोग गरी नेपालमा अर्गानिक फार्मिङ्गमार्फत फलफूल, तरकारी र हर्बलको उत्पादन गर्न चाहेको बताएका थिए ।

याे पनि पढ्नुस  ऋषि धमलाद्वारा ‘क्वारेन्टाइन’का लागि घर दिने घोषणा

हिराचनले भरतपुर महानगरपालिकालाई आवश्यक जमिनको प्रबन्ध मिलाइदिन आग्रह गर्दै जतिसुकै लगानी गर्न आफू तयार भएको बताए । उनले विश्व बजारमा अर्गानिक उत्पादनको ठूलो माग रहेको बताउँदै भरतपुरले अर्गानिक उत्पादनको निर्यात गर्नुपर्ने बताए ।

छलफलमा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा हिराचनलाई कृषि क्षेत्रमा लगानी गर्न स्वागत गर्दै भरतपुर महानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  ऋषि धमलाद्वारा ‘क्वारेन्टाइन’का लागि घर दिने घोषणा

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी नीति नियमहरु निर्माण गरी रहेको बताउँदै भरतपुर महागनरपालिका लगानीमैत्री महानगर निर्माण गर्न आफ्नो ध्यान केन्द्रित रहेको बताइन् । प्रमुख दाहालले विषादिरहित उत्पादनमा प्रेरित गर्न महानगरपालिकाले किसानहरुलाई राहत, अनुदान र तालिमको व्यवस्था गरिरहेको जानकारी गराइन् ।

कमेन्ट गर्नुहोस्