कांग्रेस जिल्ला सभापतिको बैठक ककनीमा

काठमाडौं, मंसिर ११। नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा हुने भएको छ ।

कांग्रेसको मंसिर २८ देखि पुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मंसिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो ।

याे पनि पढ्नुस  कांग्रेस एक ढिक्का बन्नु आवश्यक : वरिष्ठ नेता पौडेल

कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट कांग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिए ।

“काङ्ग्रेसको विधान संशोधन समितिमा रहनुभएका काङ्ग्रेस रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यसँग विधान प्रस्तावनाका बारेमा छलफल गरेर देशैभरिका काङ्ग्रेस सभापतिहरुको समान धारणा बनाउँछौँ,” उनले भने ।

याे पनि पढ्नुस  आइतबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उनको भनार्इ थियो ।

नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र रहेको गुटउपगुट अन्त्य गर्नेबारे सभापतिको बैठकमा छलफल हुने बताए । बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उनको भनार्इ छ ।

याे पनि पढ्नुस  कांग्रेसबाट निर्वाचित मेयरले भने- ‘धनगढी राजधानी नबनाए सांसदलाई जलाएर मार्छौं’ [भिडियो]

यस्तै, महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला धादिङको गजुरीमा मङ्सिर १४ र १५ गते हुन लागेको छ । रासस

कमेन्ट गर्नुहोस्