मजदुरको नाराः ‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’

काठमाडौं, मंसिर ११ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएकामा मजदुरहरुले ऐक्याबद्धता जनाउँदै मंगलबार साँझ माइतीघर मण्डलामा दीपावली गरेका छन् । संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको आयोजनामा भएको दीपावली कार्यक्रममा सहभागी मजदूरहरुले उक्त कार्यक्रम आफूहरुको हितमा रहेको भन्दै खुशीयाली मनाएका हुन् ।

याे पनि पढ्नुस  रोजगार कम्पनीले नाजायज फाइदा उठाएः श्रममन्त्री विष्ट

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मैनबत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा मजदुरहरुले ‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’ भन्ने नारा लगाएका थिए । समन्वय केन्द्रका अध्यक्ष विश्वनाथ प्याकुरेलले उक्त कार्यक्रम शुभारम्भ हुनु मजदूरहरुका लागि महत्वपूर्ण उपलब्धि हो भन्दै सरकारी कदमको प्रशंसा गरे ।

याे पनि पढ्नुस  अब बेरोजगारलाई चार महिना रोजगारी, नसके भत्ता !

आजै पहिलो सामाजिक सुरक्षा दिवस मनाउँदै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ भएको घोषणा गरेको थियो ।

मंगलबार राजधानीमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको शुरुआत भएको भन्दै श्रम गरेबापत उचित पारिश्रमिक दिने राज्य आफ्ना नागरिकको अभिभावक भएको बताएका थिए । -रासस

कमेन्ट गर्नुहोस्