Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विद्युत् चुहावट गर्ने ५३ पक्राउ

लहान, मङ्सिर १२ ।

हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब ४ दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ ।

उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मंगलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।

अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारबाही सहित जरिवाना वापत रु पाँच लाख ८६ हजार राजश्व संकलन गरिएको र सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभी, एलइडी लगायत सामान पनि बरामद गरिएको उनले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: