Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चौथो चराणको फुटबल प्रतियोगिता बुधबार सकिँदै

काठमाडौँ, मङ्सिर १२ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत चौथो चरणको दुई खेल बुधबार सम्पन्न हुँदैछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने बुधबार पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसअघि भएका खेलमा हिमालयन शेर्पा ३ खेलबाट ७ अंकसहित अंक तालीकाको पाँचौ स्थानमा छ । एक खेलमा पराजित भएको हिमालयन शेर्पाले दुई खेलमा जित निकालेको थियो ।

यता एक खेलमा पराजित भएको मच्छिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ । मच्छिन्द्र दुई अंकसहित तालिकाको ११अौं स्थानमा छ ।

बुधबारै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुने छ । दुवै टोली लिगको पुछारका टोली हुन् । अहिलेसम्म खेलको सबै खेलमा पराजित दुवै टोली अङ्कविहीन छन् । जावलाखेल लिगको १३अौं र फ्रेण्ड्स १४औँ स्थानमा छ ।

यसैबीच बुधबार दुई खेलपछि चौँथो चरणका खेल सकिँदै छ । पाँचौ चरणका खेल यही मङ्सिर १४ गतेदेखि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: