Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल आइडलः रविले भोलि ‘राष्ट्रिय गीत’ गाउने (प्रोमोसहित)

लोकेश धामी, काठमाडौं । जारी ‘नेपाल आइडल सिजन- २’ अन्तर्गत ‘टप ५’ मा पुग्न बाँकी ६ प्रतिस्पर्धीले भोलि (बिहीबार) ‘राष्ट्रिय गीत’ गाउने भएका छन् । विगत अंकमा ‘लोक दोहोरी’, ‘पप गीत’ एवं मौलिक गीत गाइसकेका प्रतिस्पर्धीले बिहीबार भने ‘राष्ट्रिय गीत’ गाउने भएका हुन् ।

यसको पुष्टि नेपाल आइडलले सार्वजनिक गरेको यो हप्ताको ‘प्रोमो’ ले गरेको छ । ‘प्रोमो’ मा ६ जना प्रतिस्पर्धीले नै नेपालको पहिचान झल्काउने पोसाक लगाएर सामूहिक ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे..’ बोलको ‘राष्ट्रिय गीत’ गाएका छन् ।

साथै, आइडलले पनि भनेको छ ‘बिहीबार राष्ट्रियता जगमगाउने एक विषेश एपिसोड रहने छ ।’  आइडलमा बाँकी रहेका ६ जनाकै आवाज सुमधुर छ । उनीहरुका आवाजको सर्वत्र चर्चा भइरहेको छ । मिठो आवाजले नै प्रतिस्पर्धी आइडलको ‘टप ६’ मा पुग्न सफल भएका हुन् ।

सबैको आवाज उत्कृष्ट छ यद्यपि एकजना प्रतिस्पर्धीले शुक्रबार नेपाल आइडलको मञ्च छोड्ने छ । भोटिङका आधारमा एकजना बाहिरिदैं आइडलमा ५ जना मात्र बाँकी रहने छन् । ‘उत्कष्ट ५’ मा पुग्नका लागि ६ जना प्रतिस्पर्धीले ‘दमदार’ प्रस्तुती दिने योजना बनाएका छन् ।

यसैबीच, सुदूरपश्चिमबाट ‘नेपाल आइडल’ मा बाँकी रहेका रवि ओडलेले बिहीबार उत्कृष्ट प्रस्तुति दिने तयारीका साथ बसिरहेका छन् । अहिलेसम्म ‘खतराको सूची’ मा नपरेका रविले यो अंकमा पनि दमदार प्रस्तुति दिदैं आइडलको आगामी यात्रा सजिलै सुरक्षित गर्ने योजना बनाएका हुन् ।

रविले पनि अन्य प्रतिस्पर्धी जस्तै बिहीबार राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत गाउने छन् । विगतमा उत्कृष्ट प्रस्तुती दिदैं स्रोतादर्शककको मन जित्न सफल उनले बिहीबार पनि त्यही लय दोहोर्याउने आँकलन गरिएको छ । यो साताको बिहीबार चर्चित हास्यकलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मसु’ र कुञ्जना घिमिरे ‘सुन्तली’ प्रमुख अतिथि रहने छन् ।

नेपाल आइडलमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेका रवि वडलाई कसरी गर्ने भोट ? यो प्रश्नको जवाफबारे धेरैलाई थाह नहोला । त्यसकारण हामी जानकारी गराउँदै छौं- रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । 

भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

आइडलको प्रतिस्पर्धा झन्झन् रोमाञ्चक बनिरेको छ । नेपाल आइडलको पछिल्ला हरेक कार्यक्रम विशेष बनिरहेका छन् । आइडलको जजमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्।

आइडलको ‘टप ६’ मा पुग्न सफल प्रतिस्पर्धी
-रवि ओड
-बिक्रम बराल
-अमित बराल
-पवन गीरि
-अस्मिता अधिकारी
-सुमित पाठक

कमेन्ट गर्नुहोस्

%d bloggers like this: