Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दैलेख जीप दुर्घटना : ४ को मृत्यु, ४ घाइते

दैलेख, मंसिर १२ ।

जीप दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा ठाटीकाँध गाउँपालिकाका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र ३० वर्षीय निर्मल बमको दुर्घटनास्थलमै ज्यान गएको हो । दुई जनाको उपचारका लागि सुर्खेत लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरुको परिचय खुलेको छैन ।

ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइते ४ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: