Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गायिका शान्तिश्री परियारको अर्को हृदयविदारक गीत ‘चिल गाडी’ (भिडियोसहित)

पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर सर्वाधिक चर्चामा रहेकी चर्चित गायिका शान्तिश्री परियार र गायक पुर्ण संयोगको फेरि अर्को मनै छुने गीत ‘चिल गाडी’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतलाई सुसेली म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

‘चील गाडी’ गीतको भिडियो एक पटक हेर्नुहोस–

देशभरि नै बलात्कारको घटनामा परेका किशोरी तथा महिला र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ । धन कमाउन गएका नेपाली दाजुभाइ, दिदीबहिनीहरू काठको बाकसमा फर्किनुपरेको छ भने घर परवारको बिचल्ली भएको छ । त्यतिमात्र नभएर आफनो घरमा फर्कदा परिवारका सदस्य गुमाउनु पर्दाको पीडालाई गीतमा समेटिएको छ ।

वास्तविक जिवन घटनामा आधारित गीतमा पुर्ण संयोग र लोकराज सिंहको शब्द तथा लय सिर्जनमा वियोगान्त गीत लेखिएको छ । राजेश घिमिरेको छायाँकन, अमर शाक्यको सम्पादन, कपिल लामाको निर्देशन र विमल अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।

केही झलकहरु-

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: