चन्द्रागिरि नगरपालिकालार्इ प्रभावकारी बनाउँदै बलम्बु प्रहरी

काठमाडौं, मंसिर १२ ।

‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नारासहित सुरू भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम चन्द्रागिरी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ ।

स्थानीयस्तरमा सञ्चालित विकृति विसंगतिविरूद्ध अभियानले सार्थकता प्रदान गर्दै आइरहेको छ । यसैक्रममा प्रहरीले विकृति विसंगति विरूद्ध सूचना दिनेको संख्यामा बढ्दै गइरहेको बताएको छ।

याे पनि पढ्नुस  जिल्ला शिक्षाका अभिलेख कहाँ हस्तान्तरण गर्ने ?

सोही सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको अवैध स्थानीय घरेलु मदिरा १६ सय लिटर नष्ट गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुमा रहेका विभिन्न खाजा पसलमा विक्री गर्नको लागि राखिएका अवैध स्थानीय घरेलु मदिरा स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेवी, व्यवसायीहरूको रोहोबरमा नष्ट गरिएको महानगरी प्रहरी प्रभाग बलम्बुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले बताएका छन् ।

याे पनि पढ्नुस  सूचना दिन सहकारीको आनाकानी

निरीक्षक खड्काले समाजमा हुने विभिन्न आपराधिक घटनामा घरेलु मदिरा प्रमुख कारण बन्दै आएकोले तीव्ररूपमा अभियाननै सञ्चालन गर्दै लाने बताए।

मन्दिरा नष्ट अभियान कार्यक्रममा बोल्दै महानगरी प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले राजधानी भित्रने मुख्य नाकामा अपराध रोकथाम, समुदाय सुरक्षा, शान्ति र सुव्यवस्था कायम गर्ने अभियानलाई सार्थकता प्रदान गर्न समुदायको महत्त्वपूर्ण भूमिका रहने बताए।

कमेन्ट गर्नुहोस्