वायुसेवा निगमलाई प्रतिष्पर्धी बनाउँछौंः मन्त्री अधिकारी

काठमाडौं, मंसिर १२ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै गन्तव्य स्थानको विस्तार गर्न सरकार लागि परेको बताएका छन् ।

निगमलाई कम्पनी मोडलमा लैजाने की रणनीतिक साझेदारीका रुपमा लैजाने भन्ने विषय छलफलकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले संसारका अन्य विमान कम्पनीसँग प्रतिष्पर्धी बनाउँदै लैजाने सरकारी योजना रहेको बताए।

रिपोर्टस् क्लब नेपाल काठमाडौंमा बुधबार आयोजित साक्षात्कारमा मन्त्री अधिकारीले अनियमितताको नाममा निगमलाई कमजोर पार्न नहुनेमा जोड दिए । वाइडबडीको विषय ‘हट केक’ जस्तै भएको भन्दै मन्त्री अधिकारीले २०७१ सालबाटै खरीद प्रक्रिया थालिएकाले सबै काम पहिले नै भएको प्रष्ट्याए । निगम ऋणले डुबेको प्रसङ्गमा उनले सरकारले पैसा दिने नभई अब निगमनले कमाएर ऋण तिर्नुपर्ने बताए ।

याे पनि पढ्नुस  अब सातै प्रदेशमा एउटा केबलकार हुन्छः मन्त्री अधिकारी

वाइडबडी जहाज सञ्चालन नभएको भन्ने आरोप गलत भएको उनको भनार्इ थियो । मन्त्री अधिकारीले भने, ‘वाइडबडी सञ्चालननै भएको छैन भन्ने भ्रम छ, तर अहिले पनि सात घण्टा सञ्चालन भइरहेकै छ, तर यतिले पुग्दैन, १४ घण्टा चल्नुपर्छ, अन्य गन्तव्यका लागि प्रयास जारी छ ।’ खरीद प्रक्रियामा संसद्को समिति र अख्तियारले छानबिन गरिरहेको तथा मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको भन्दै उहाँले अनियमितता भेटिए सरकारले कारवाही गर्र्ने उल्लेख गरे।

याे पनि पढ्नुस  हावामा उड्ने र वास्तविकतालाई कुल्चेर कुद्ने अवस्थाको अन्त्य गर्नुपर्छः मन्त्री अधिकारी

मन्त्री अधिकारीले भ्रमण वर्ष २०२० मा २५ लाख पर्यटक ल्याउन सक्ने क्षमता रहेको दाबी गर्दै कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने गरी काम गरिरहेको बताए । उनले विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र भइरहेको र ‘रन–वे’ को सुधार हुने वित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन हुने बताए । -रासस

कमेन्ट गर्नुहोस्