बझाङ पुगे डा. गोविन्द केसी, निःशुल्क उपचार गराउन आग्रह

बझाङ, मंसिर १२ । डा. गोविन्द केसी बझाङको देउलेख प्राथमिक स्वास्थ्य चौकीमा आइ पुगेका छन् ।

मंगलबार दिउँसो डा. केसी एकाएक देउलेख प्राथमिक स्वास्थ्य चौकीमा आइपुगेका हुन् । बझाङको समग्र स्वास्थ्य अवस्था बझ्नका लागि भन्दै डा. गोविन्द केसी देउलेख प्राथमिक स्वास्थ्य चौकीमा आइपुगेका हुन् ।

याे पनि पढ्नुस  अनशन तोड्नुहोस् अब नयाँ तरिकाले लडौंलाः सभापति देउवा

बुधबार र बिहीबार हाडजोर्नी तथा नसा रोग भएका बिरामीहरुका लागि दुई दिने क्याम्प समेत सञ्चालन गरिने देउलेख प्राथमिक स्वास्थ्य चौकीका प्रमुख सन्दीप ओखेडाले जानकारी दिए ।

डा. केसी औषधिसहित निःशुल्क सेवा प्रदान गर्ने भन्दै देउलेख प्राथमिक स्वास्थ्य चौकीमा आइपुगेका स्वास्थ चौकीले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  डा केसीलाई प्रधानन्यायाधीको जवाफ–कोही कराउँदैमा अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन

हाडजोर्नी र नसा सम्बन्धी कुनै रोग भए निःशुल्क रुपमा उपचार गराउन बझाङवासीहरुलाई उनले आग्रह गरेका छन् । देउखलमा उपचार नभए काठमाडौंको टिचिङमा लगेर निःशुल्क उपचार गराइदिने डाक्टर केसीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्