Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कुवेतमा नयाँ नियम, छुट्टीमा नेपाल फर्किदा श्रमका लागि दूतावासको सिफारिस अनिवार्य

कुवेत, मङ्सिर १२। रोजगारीका लागि कुवेत पुगेका नेपालीले छुट्टीमा नेपाल फर्किएर पुनःकुवेत जान श्रमका लागि कुवेत स्थित नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य चाहिने भएको छ।

नेपाली राजदूतावास कुवेतका अनुसार दूतावासमा औपचारिक पत्र प्राप्त नभएको भए पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र पेश गर्न निर्देशन जारी गरिएको बताएको छ।

कुवेत बाट छुट्टीमा जाने कामदारहरुलाई केही झन्झटिलो भए पनि कामदारहरुकै सुरक्षाका लागी यस्तो नियम कार्यान्वयन हुने हुदा कुवेतबाट छुट्टी जान चाहाने जो कोही नेपालीले दूतावासमा पुगि उक्त सिफ़ारिश पत्र लिनु पर्ने दुताबासको भनाइ छ।

सिफ़ारिश पत्र लिन जाँदा एउटै कम्पनीमा पहिलेको श्रम स्वीकृतीमा ऊल्लेख गरिए अनुसार काम गरी छुट्टी जानेलाइ र उक्त कम्पनीमा फर्किनेको लागी सेवा सुविधा सहितको सामान्य पत्र लेखिने छ। भने कुवेत पुगि भिषा तथा कम्पनि फेरबदल गरेकाहरुलाइ विशेष पत्र लेख्नु पर्ने हुदा छुट्टि जानु भन्दा १५ दिन अघि दूतावासमा सम्पर्क गरि यस्तो सिफारिस बनाउनुपर्ने छ।

सरकारले सिफ़ारिस पत्र लिदा लाग्ने शुल्क समेत निर्धारण गरेको छ।भिषा र कम्पनि पुरानै भएमा ४ केडी ,नयाँ कम्पनी परिवर्तन गरेकाे भएमा १७ केडी
दूतावासलाई बुझाउनुपर्ने प्रावधान छ।

यस्तै सिफारिसका लागि पुरानै कम्पनि भएकाहरुले कुवेतको सिभिल आईडि,नयाँ कम्पनी परिवर्तन गरेकाहरुले,कुवेतको सिभिल आईडि,हाल कार्यरत कम्पनीको अटोमेटोकिया (कम्पनी लाईसेन्स) र स्पोन्सरको कुवेतको सिभिल आईडि कपि,कुवेत मिनिष्ट्री अफ पब्लिक वर्कद्वारा जारी कम्पनी र कामदार बीचको सम्झौता पत्र,कामदारको ईज्नामेल पेपर लगाएतका कागजात समेत अनिवार्य पेश गर्नुपर्ने दूतावास स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: