वैदेशिक रोजगार बाट फर्किएका नेपाली लाई नि:शुल्क सीप परिक्षण गराउने अवसर

काठमाडौ,मङ्सिर १२। वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा कार्यरत रहि स्वदेश फर्किएका नेपालीले आफुले सिकेको सिपको निसुल्क परिक्षण गराइ अनुभवको प्रमाणपत्र लिन सक्ने अवसर वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले दिने भएको छ।

बुधबार एक सूचना जारी गर्दै बोर्डको सचिवालयले बिदेशमा सिकेको सिप परिक्षण गराइ अनुभवको प्रमाणपत्र लिन चाहानेलाइ प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद र रास्ट्रीय सीप संकलन समितिले सीप परिक्षण तथा प्रमाणीकरण गराउने ब्यबस्था गरेको जानकारी दिएको छ।

याे पनि पढ्नुस  युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्न सक्नुपर्छः मन्त्री बिष्ट

सीप परिक्षणका लागि समितिको वेब साइड www.nstb.org.np तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड सचिवालयको वेब साइड www.fepb.gov.np मा रहेको फारम डाउनलोड गरि तोकिएको फारम संकलन केन्द्रमा आउँदो पुस ११ गते भित्र बुझाउनु पर्नेछ।

यस्तै सचिवालयले फारम संकलनका लागि झापा,सुनसरी
सिराहा,धनुषा,पर्सा,मकवानपुर,चितवन भक्तपुर,काठमाडौ कास्की बागलुङ,रुपन्देही,बाके,सुर्खेत,जुम्ला,कैलाली,कंचनपुर डोटी र दाङमा केन्द्र तोकेको छ।

याे पनि पढ्नुस  असुरक्षित बन्दै वैदेशिक रोजगारः ४ महिनामा २५१ नेपालीको मृत्यु

विभिन्न १८ पेशामा सीप परिक्षण गरिने कार्यक्रममा सहभागी हुन नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ,पासपोर्टको प्रतिलिपी स्वदेश फर्किदा अध्यागमनमा लगाएको छाप सहितको ,वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजातहरु संगै हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो समेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

याे पनि पढ्नुस  सरकार समात्दै, अदालत छाड्दै, कानुनमन्त्री भन्छन्: छानबिन हुन्छ

यस्तो छ बोर्डको सचिवालय द्वारा जारी सुचना

कमेन्ट गर्नुहोस्