Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छुरा प्रहारबाट एक्टिभ मनी ट्रान्सफरका सञ्चालक गम्भीर घाइते

इनरुवा, मङ्सिर १३ ।

सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट बुधबार घाइते भएका छन् ।

मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र छुरा प्रहार गर्ने व्यक्तिको खोजतलास जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: