व्यावसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

काठमाडौं, मंसिर १३ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आप्mना २८ जना ग्राहक सदस्यहरुको सहभागितामा गत मंसिर २ गतेदेखि ४ गतेसम्म प्यूठान जिल्लाको बिजुवारस्थित कृषि सेवा कार्यालयको हलमा ‘ब्यवसायिक उन्नत बाख्रापालन तालिम’ सम्पन्न गरेको संस्थाका भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षकहरु पशु प्राबिधिकहरुको तर्फबाट पुष्कर राज आचार्य, गिरी राज पौडेल, शम्भु न्यौपाने र अर्जुन प्रसाद शर्मा रहेका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो ।

याे पनि पढ्नुस  सरकारको नीतिः अब भिखारीलाई पनि जेल सजायको व्यवस्था

संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।

याे पनि पढ्नुस  काठमाडौँ जेसिजको साताब्यापी कार्यक्रम, दीगो विकास लक्षमा सघाउने

यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइरहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ । बाख्रापालन गरिरहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका बिजुवार शाखाका शाखा प्रमुख अर्जुनप्रसाद शर्माले जानकारी गराएका थिए ।

तालिमको उद्यघाटन प्यूठान नगर पालिकाका मेयर अर्जुन कुमार कक्षपतिले गरेका थिए । उद्घाटन सत्रमा मेयर कक्षपतिले तालिमबाट लिएको ज्ञान सीपलाई उपयोग गर्दै आत्मनिर्भरतातिर लाग्न सहभागीहरुलाई प्रेरित गर्दै तालिमको सफलताको कामना गरेका थिए ।

याे पनि पढ्नुस  मूल्यसूची, बिलविजक राख्न व्यवसायीलाई निर्देशन

अन्त्यमा तालिमको मूल्याकंन सहभागी रमा थापा, सहभागी सुन्दरी सुनारले मन्तब्य राखेका थिए ।

ब्यवसायिकरुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाइदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले जानकारी गराएका थिए । तालिमको संचालन बिजुवार शाखाका प्रमुख अर्जुनप्रसाद शर्माले गरेका थिए ।

कमेन्ट गर्नुहोस्