द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना

लहान, मङ्सीर १३ ।

सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको प्रहरी खिरौना चौकी पुनःस्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बुधबार पुनःस्थापित चौकी उद्घाटन् गरे ।

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका समयमा विस्थापित भई जिल्ला प्रहरी कार्यालयमा उक्त चौकी गाभिएकामा पुनः स्थापना भएसँगै सो क्षेत्रको शान्ति सुरक्षा सुधार आउने विश्वास गरिएको छ । तत्कलका लागि प्रहरी सहायक निरीक्षको नेतृत्वमा १० प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

याे पनि पढ्नुस  डेढ लाख बराबरका पटका प्रहरीद्वारा बरामद

डेढ लाख मूल्य बराबरको मदिरा बरामद

प्रहरीले सिरहाको विभिन्न स्थानबाट गए राति डेढ लाखभन्दा बढी मूल्य बराबरको अवैधरूपले बनाइएका मदिरा तथा त्यससँग सम्बन्धित समान बरामद गरेको छ ।

माडर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माडर बसपार्कबाट भन्सार छलेर चोरी पैठारी गर्न लागिरहेकोे अवस्थामा स्थानीय पसलबाट रु ६० हजार बराबरको मदिरासहित किराना सामान बरामद गरेको हो ।

याे पनि पढ्नुस  सिँचाइका लागि स्यालो ट्युबवेल

यसैगरी प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिकाको मिर्जापुरबाट करीब रु४५ हजार मूल्य बराबरको कपडा र सिरहा नगरपालिका–२१ स्थित लगडीगोठबाटे नेपालबाट भारततर्फ अवैध रूपमा निकासी भइरहेका १६ कार्टुन मदिरा पनि बरामद गरेको उक्त कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्