Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

व्यक्तिगत सहयोगमा बाल विकास भवन निर्माण हुँदै

गलकोट, मङ्सिर १३ ।

जन्मगाउँका बालबालिका बर्खाका भिज्दै, हिउँदको चिसोमा कठ्याङ्ग्रिदै बाल विकास भवनमा पढेर बसेकोे देखेपछि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका खर्कबहादुर पुन काउँचाको मन अमिलो भयो ।

खेल्दै सिक्ने उमेरका बालबालिका भौतिक संरचनाको अभावमा सामुदायिक वन नजिकैको छेउमा रहेको एउटा कच्ची कोठामा अध्ययन गर्दै गरेको देखेपछि खर्क बहादुरलाई बालबालिका शारिरीक र मानसिकरूपमा समेत असुरक्षित भएको महसुस गरे । ब्रिटिश गोर्खा इञ्जिनीयरका भूतपूर्व सैनिकसमेत रहेका ६३ वर्षीय खर्कबहादुरले बालबालिकाका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्ने अठोट लिए ।

परिवारसहित हङकङ बस्दै आउनुभएका खर्कबहादुरले रु ३३ लाख लागतमा काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको कादेश बाल विकास केन्द्रको जग्गामा भवन निर्माण शुरु गरेका छन् । निर्माण गर्न लागिएको चारकोठे पक्की भवनको खर्कबहादुरका भाइ एकबहादुर काउँचाले बुधबार एक कार्याक्रमका बीच शिलान्यास गरेका थिए ।

ब्रिटिश सेनाबाट अवकाशपछि हङकङमा रहेर नेपालका विभिन्न दुर्गम ग्रामीण भेगका जनताका लागि काम गर्दै आएको कादुरी संस्थामा समेत संलग्न रहनुभएका खर्कबहादुरको एकल सहयोगमा बाल विकासको सुविधासम्पन्न भवन निर्माण हुनेछ । हाल बाल विकास केन्द्रमा १३ बालबालिका रहेको बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: