१२६ घण्टा नाचेर विश्व रेकर्ड कायम गरेकी नेपाली चेली वन्दना सम्मानित

काठमाडौं, मंसिर १३ । यसअघि भारतकी कमला मण्डल हेमथलाले १२३ घण्टा लगातार नाचेर कायम गरेको बिश्व रेकर्डलाई तोड्दै लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर १७ वर्षीय नेपाली चेली बन्दना नेपालले नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् ।

बन्दना नेपालले मंसिर ७ गतेबाट ५ रात ६ दिन आज दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १२६ घण्टाको बिश्व कीर्तिमानसँगै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा बन्दना नेपालले सबैभन्दा लामो समयसम्म नृत्य गर्ने महिलाको पहिचान बनाएकोमा हार्दिक बधाई तथा निरन्तर सफलताको शुभकामना व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्