Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मुस्ताङको एक घरमा आगलागी, डेढ करोड बढीको क्षति

ठिनी, मंसिर १३ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा बिहीबार बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ ।

स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार १४ कोठा भएको दुईतले घर, त्यहाँ भएका लत्ताकपडा, खाद्यान्न लगायतका धनमाल जलेर रु एक करोड ५० लाखको क्षति भएको छ । यसैगरी सोही घरमा सागर नेपालीले सञ्चालन गरेको दर्शन फर्निचर उद्योगमा पनि रु पन्ध्र लाखको क्षति पुगेको अनुमान गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीले तीन घण्टापछि बिहान ६ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए ।

विद्युत् सर्ट अथवा आगोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए । पीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारको कोषमार्फत राहतको व्यवस्था मिलाइने गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: