Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘पोखरा स्काई स्पोर्टस’को ओपनिङमा ग्राण्ड कन्सर्ट हुँदै

पोखरा, मंसिर १३ ।

‘पोखरा स्काई स्पोर्टस’ को ग्राण्ड ओपनिङको अवसर पारेर पोखरामा ग्राण्ड कन्सर्ट हुने भएको छ ।

पोखराको न्युरोडस्थित भाटभटेनीको माथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुती राख्नेछन् ।

तीन दिनसम्म चल्ने स्काई स्पोर्टसको ओपनिङमा कन्सर्टसँगै फेसन शो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुति हुनेछन् ।

खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने सम्भवत नेपालकै पहिलो महत्वाकांक्षी परियोजना ‘अ प्लेस फर एभ्रिवन रेष्टुरेन्टसँगै ‘पोखरा स्काई स्पोर्टस्’ संचालनमा आउन लागेको हो । विगत ३ वर्ष अघिदेखी निर्माण आरम्भ भएको उक्त प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भिआईपीहरुको उपस्थितिमा मंसिर २८, २९, पुष १ गते गरी तीन दिन सम्म चल्ने छ ।

स्काई स्पोर्टसमा फुटसल, लङ टेनिस, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुलसँगै भर्चुअल रियालीटी प्ले स्टेशनको सुविधा रहेको छ ।

ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै रेष्टुरेन्टको लागि विशेष कार्डको समेत व्यवस्था गरिएको छ ।

सिल्भर, गोल्ड र प्लाटिनम गरी तीनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज बनाएको स्काई स्पोर्टसका सिइओ सुदिप दवाडीले बताएका छन् ।

स्काई स्पोर्टसका अध्यक्ष सुजन गुरुङले पछिल्लो समय बदलिएको सामाजिक परिवेश र मानिसको चाहना अनुसार एकै छानामुनि सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने उदेश्य अनुरुप स्काई स्पोर्टस संचालनमा ल्याउन लागेको बताए ।

हेर्नुहोस् केही तस्वीरहरु-

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: