टी–१० क्रिकेट लिगः आज सन्दीपको टिम खेल्दै

काठमाडौं, मंसिर १३ । यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत आज पहिलो खेल नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध केरला नाइट्स र नर्दन वारियर्सबीच हुँदैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे पछि सुरु हुनेछ ।

४ खेलमा ३ मा विजयी र एकमा पराजित भएको नर्दन वारियर्स ६ अंकमा दोस्रो स्थानमा छ । ३ अंकमा पुछारबाट दोश्रो स्थानमा रहेको केरलाले ४ मध्ये एकमा मात्र जित निकाल्न सकेको छ ।

याे पनि पढ्नुस  ग्लोबल क्रिकेट लिगः तेस्रो खेलमा पनि सन्दिपले विकेट लिए

सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तानसमेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु छन् ।

लिगमा कुल ८ टिम सहभागिता छ। मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्।

याे पनि पढ्नुस  सीपीएलः सन्दिपको ओभर सकियो, प्रदर्शन शानदार ![LIVE]

इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए।

इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय लिग खेल्न सुरू गरेका सन्दिपले पछिल्लो एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्।

त्यस्तै सन्दीपको अष्ट्रेलियाको विश्व चर्चित बीग ब्यास, बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा समेत अनुबन्ध भईसकेका छन्। उनलाई दिल्लीले पुनः आइपिएलको आगामी संस्करण खेल्ने टिममा राखिसकेको छ।

याे पनि पढ्नुस  शाकिबको ढाका बीपीएलको सेमिफाइनलमा, सन्दीपकाे टोली प्लेअफबाटै बाहिरियो

आजै हुने दोश्रो खेलमा सिन्धिज र बेङ्गल टाईगर्सबीच प्रतिस्पर्धा हुनेछ । सिन्धिज सेन वाट्सन र बेंगल टाईगर्स साम विलिङको कप्तानीमा साँझ साढे ७ बजे मैदान उत्रनेछन् । आजैको तेश्रो खेलमा राती पौने दश बजे पख्तुन्स् र पञ्जावी लेजेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । साहिद अफ्रिदी पख्तुन्स र लुक रोन्ची पञ्जाबका कप्तान हुन् ।

कमेन्ट गर्नुहोस्