Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

४ दिनसम्मका लागि जोर बिजोर प्रणालीको अवज्ञा गर्न गगन थापाको आग्रह

काठमाडौं, मंसिर १३ ।

राजधानीमा बिहीबारदेखि सवारी साधनमा लागू भएको जोर बिजोर प्रणालीको अवज्ञा गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापालेआह्वान गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा उनले सही कामको लागि सरकारले आह्वान गर्दा जोर-बिजोर मात्रै होइन, गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्ने तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ भएको बताएका छन् ।
गगनले लेखेका छन्-सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो,अवज्ञा गरौं ।

ट्वीटरमा गगनले युथ कांग्रेस नेपालले जारी गरेको प्रेस विज्ञप्ति यस्तो रहेको छ-

यो नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो।

‘आफैंमा विवादित र शंकाष्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती ब्यहोर्नु पर्ने? सामाजिक सुरक्षा योजनाको नाममा नयाँ युगको सुरूआत भएको ढोंग देखाउने ओली सरकारलाई यस्ता निर्णयले गिज्याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

युथ कांग्रेसमा संयोजक सचिन तिमल्सेनाले शुक्रबार सम्मेलन केन्द्र हायात रिजेन्सीसम्म बिजोर नम्बरका मोटरसाइकलको र्‍याली निकाल्ने बताए।

‘धर्म प्रचार गर्ने संस्थाको कार्यक्रमका लागि जनताले कष्ट पाएका छन्, हामी त्यसको विरोधमा छौं सबैलाई जोर बिजोरको अवज्ञा गर्न आग्रह गरेका छौं,’ तिमल्सेनाले भने,‘अवज्ञाका क्रममा कुनै अप्रिय घटना भए सरकार जिम्मेवारी हुनुपर्छ।’

यसअघि महानगरीय ट्राफिक महाशाखाले मंगलबार साँझ विज्ञप्ति निकालेर आजदेखि चार दिन उपत्यकामा जोर बिजोर प्रणाली लागू हुने जनाएको थियो। महाशाखाका अनुसार १४ र १६ गते जोर नम्बर प्लेट र १५ र १७ गते बिजोर नम्बरका गाडी चलाउन पाइनेछ।

कोरियाली संस्था युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) को नेपाल शाखाले भोलिदेखि होटल हायातमा एसिया प्यासेफिक समिट गर्दैछ।

सुरूमा समिटको सहआयोजकमा नेपाल सरकार पनि थियो। विरोध भएपछि सहआयोजकबाट हटेको सरकार सहयोगीमा बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार समिटको उद्घाटन गर्दैछन्।

सो समिटमा सहभागी हुन म्यानमारकी विदेश मन्त्री आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन्।

भिभिआइपीहरूको सवारी व्यवस्था गर्न लागू भएको जोर बिजोर प्रणालीले नागरिकलाई भने सास्ती भएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: